सुर्खेत ट्राफिक कार्यलयबाट एक करोड बढी राजस्व सङ्कलन

साउन १९ काठमाडौं ।

सुर्खेत ट्राफिक कार्यलयले सवारी कारबाही बाट रु एक करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सुर्खेत ट्राफिक प्रहरी कार्यालयले सवारी साधन कारबाही बाट रु १ करोड ३३ लाख राजस्व सङ्कलन गरेको हो ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२, ८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको जनाएको छ ।

मादक पदार्थ सेवन, तीव्र गति लगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिएका छन् ।

आफूखुसी सवारीको स्वरूप परिवर्तन गर्ने चालकलाई कारबाही बाट रु. ५ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ ।

प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *