असार १६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६०८ अंकमा कायम भएको छ ।
आज ३ अर्ब २५ करोडको कारोबार भएको छ ।
स्नो रिभर्सको मूल्य १५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत, सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशत मूल्य बढ्यो ।
बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१ प्रतिशत, फाइनान्स १.०० प्रतिशत, होटल तथा पर्यटन ०.९३ प्रतिशत, जलविद्युत् १.४३ प्रतिशत, लगानी ०.७४ प्रतिशत घट्यो ।
जीवन बीमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.६१ प्रतिशत, अन्य १.३१ प्रतिशत तथा व्यापार १.७४ प्रतिशत घट्यो ।
टक्सार पिखुवाखोलाको मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ८.२३ प्रतिशत घट्यो ।
सोपान फर्मास्युटिकल्सको ५.९० प्रतिशत, श्रीनगर एग्रिटेकको ५.४९ प्रतिशत, पियोर इनर्जीको ५.४८ प्रतिशत मूल्य घट्यो ।
