मुस्ताङमा विदेशी पर्यटकको संख्या बढ्दो

असार ९ काठमाडौं ।
मुस्ताङमा विदेशी पर्यटकको संख्या बढेको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८२÷८३को सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार चालु आर्थिक वर्षको जेठसम्म मुस्ताङमा २ लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेको जनाएका छन् ।

यस वर्ष भारतीय पर्यटकको आगमन अत्यधिक रहेको कार्यालयले जनाइएको छ । भारतमा चर्को गर्मी बढेका कारण गर्मी छल्न तथा धार्मिक हिसाबले मुक्तिनाथ आउनेहरु बढ्दा मुस्ताङमा विदेश पर्यटक आगमन बढेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आर्थिक वर्षको जेठमा मात्रै ९० हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएका छ ।

जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक नै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *