असार ८ काठमाडौं ।
कतारको रास लाफान इन्डस्ट्रियलको ग्यास प्लान्टमा विष्फोट भएको छ ।
कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको हो ।
ग्यास प्लान्टमा विष्फोट हुँदा ५४ जना घाइते र १८ जना वेपत्ता भएका अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएको छ ।
रास लाफान इन्डस्ट्रियल सिटीमा अचानक विष्फोट भई ठूलो मात्रामा आगलागी भएको कतार प्रशासनले उल्लेख गरेको छ ।
कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइसकेको जनाएको छ ।
कतारको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विष्फोटमा ५४ जना घाइते भएको र बेपत्ता रहेका १८ जनाको खोजी कार्य भइरहेको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार उक्त विष्फोट ’प्राविधिक गडबडी’ का कारण भएको र यस बाट सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने गरी कुनै पनि ग्यास चुहावट नभएको स्पष्ट पारिएको छ ।
कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुपले सिभिल डिफेन्स टोलीसँग मिलेर बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिरहेका गृह मन्त्रालयले जनाएको छ ।
कतारको आन्तरिक बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा विष्फोटका कारण के–कति क्षति पुग्यो भन्नेबारे भने आधिकारिक रूपमा भने केही खुलाइएको छैन ।
