असमर १ काठमाडौं ।
ताप्लेजुङमा अलैँची महोत्सव हुने भएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगामी असार १२ र १३ गते पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ ।
अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना गरेको हो ।
ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा परिचित अलैँची ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको पाइन्छ ।
ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताएका छन् ।
आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँची उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकन लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छन् ।
महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी र खरिदकर्ता र बिक्रेता बीच अन्तरक्रिया, अलैँची विज्ञ टोली बीच अलैँचीको आधुनिक खेती र बजार विस्तार सम्बन्धी छलफलको कार्यक्रम रहेको समितिका संयोजक आङ्बुहाङले जानकारी दिएका छन् ।
