वसन्त ऋतुमा हिमाल आरोहण गर्ने बाट एक अर्ब बढी राजस्व संकलन

असार १ काठमाडौं ।
वसन्त ऋतुमा हिमाल आरोहण गर्नेहरु बाट एक अर्ब बढी राजस्व संकलन भएको छ ।

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहितका विभिन्न हिमाल आरोहण गर्ने काम भएको छ ।
सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि यसवर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले ६ हजार ५०० मिटर भन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ ।  त्यस भन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण संघ (एनएमए) ले अनुमति दिँदै आएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ रहेका छन् ।

विभिन्न देश बाट नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या उल्लेख्य रहेको जनाएको छ । नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित ३१ हिमाल चढ्नका लागि १ हजार १९५ आरोहीले अनुमति लिएको जानकारी दिए ।

सगरमाथा आरोहणको अनुमति लिनेमा ५६ देशका आरोही रहेका छन् । भने जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए ।

अनुमति लिएका आरोही बाहेक आरोहीका सहयोगी तथा गाइड गरी झण्डै एक हजार भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

यसवर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चिनका आरोही पुगेका छन्। यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्टेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्याण्डका ११ आरोही पुगेका छन् ।

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न दिएको अनुमति बाट १ खर्ब ८ करोड १० लाख ७२५ राजस्व संकलन गरेको छ ।

लोत्से हिमाल बाट रु. ६ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलो बाट ३ करोड १७ लाख ८५ हजार ८००, आमा दब्लम बाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजंघा बाट १ करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलो बाट रु. १ करोड २० लाख ४९ हजार १७५ राजस्व संकलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएवापत सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व संकलन गरेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *