आजदेखि मुस्ताङमा जलवायु सम्मेलन सुरु

भदौ ३० काठमाडौं ।

आज देखि मुस्ताङमा जलवायु सम्मेलन सुरु भएको छ ।

दुई दिन सम्म चल्ने ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ आज देखि सुरु हुँदै छ ।

सम्मेलनको उद्धघाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ सम्म मुस्ताङ आइपुगेको जनाएका छन् ।

सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित २ हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिएका छन् ।

सम्मेलन व्यवस्थापनका लागि पालिका अन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिएको छन् ।

अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्ने र बेलुकीको खाना तथा बसोबासका लागि भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताएको छन् ।

सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृति सहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको र गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरी झिलीमिली पारिनुका साथै आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वंयसेवक परिचालन समेत गरिएको जनाएको छ ।

खानेपानी, इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुनेगरी पूर्वतयारी गरिनुका साथै सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको र जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानर सहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिएका छन् ।

सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको जनाएको छ ।

मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *