हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटक बढ्दो

जेठ ३ काठमाडौं ।
हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या बढ्दो रहेको छ।

मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लित थालेनको जनाएको छ।

वर्षायाम सुरु भएसँगै मानसरोवर जाने सिजन सुरु भएपछि नेपालगन्ज बाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोट बाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वत जाने पर्यटक आउन सुरु भएको चार दिनमै १६९ जना आइपुगेको जनाएका छन्।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहको अनुसार हुम्ला हुँदै कैलाश मानसरोवर जानका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएको बताएका छन्।

सिंहका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएको बताएका छन्।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन्। भने उनीहरु मध्ये २३ जनाको कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको छ।

गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन्।

विसं २०७२ को महाभूकम्प पछि हिल्सा नाका बाट भारतीय पर्यटक आउन सुरु भएको थियो। बीचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *