रोल्पामा भेटियो रेड पाण्डा

जेठ ३ काठमाडौं।

रोल्पामा रेड पाण्डा भेटिएको छ।

रोल्पाको जलजला क्षेत्र अन्तर्गत जेलबाङको जंगलमा विश्वमै दुर्लभ रेड पाण्डा (रातो हाब्रे) फेला परेको जनाएको छ।

विश्वमै दुर्लभ वन्यजन्तु रेड पाण्डा फेला परेको उक्त क्षेत्र समुद्री सतह देखि करिब ३ हजार मिटर उचाइमा रहेको छ।

पर्यटन व्यवसायी एवं फोटो पत्रकार बाल्कुराम पुनले जेलबाङको जङ्गलमा रेडपाण्डा खेलिरहेको तस्वीर भिडियो कैद गरेका हुन्।

बाल्कुरामले ‘मेरो र रेडपाण्डाको जम्काभेट भयो र मैले रेड पाण्डा खेल्दै गरेको फोटो र भिडियो खिच्न भ्याएँ’, भन्दै सामाजिक संञ्जालमा उल्लेख गरेका छन्।

‘यो क्षेत्रमा रेड पाण्डा छ भन्ने कुरा सुनेको थिए, मेरो र पाण्डाको करिब ३८ सेकेन्ड भेट भयो’, उनले भनेका छन्।

शुक्रबार रेड पाण्डा जंगलमा देखिए पछि नजिक पुगेर अवलोकन गरेको उनले बताएका छन्। रोल्पामा पहिलोपटक २०७२ सालमा रेड पाण्डा फेला परेको थियो।

लुम्बिनी प्रदेशअन्तर्गतका रोल्पाको जलजला लगायतका क्षेत्रहरु रेड पाण्डाको बासस्थानका लागि उपयुक्त मानिन्छ।

रेड पाण्डा नेटवर्कले रोल्पाको जलजला क्षेत्र, गाम, जेलबाङ, थबाङ, उवा र रुकुम पूर्वका विभिन्न उच्च पहाडी क्षेत्रमा रेड पाण्डाको खोजी गर्दै आएको छ।

रेड पाण्डा फेला परे पछि रेड पाण्डा संरक्षण र प्रवर्द्धनमा ध्यान दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *