वैशाख २७ काठमाडौं।
हिउँचितुवा गणना गर्नका लागि क्यामेरा जडान गरिएको छ।
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको हो।
पन्ध्र दिन लगाएर ३ समूहले ३ हजार २०० मिटरदेखि ५ हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिने जनाएको छ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन।
हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएको जनाएका छन्।
५६ क्यामेरा ३ समूहले ६ वटा सिकार ब्लकमा राखेर फर्केको आरक्षका रेन्जर सागर सुवेदीले बताएका छन्।
क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्ने जनाएका छन्।
ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीले बताएका छन्।
“हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ।
अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, र “सम्भावित चितुवाको वासस्थान, ओडार, जङ्गल लगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएने जनाएको छ।”
हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएको जनाएको छ। ढोरपाटन सिकार आरक्षको ३ हजार देखि ५ हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ।
एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ।
वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरी कार्यालयमा ल्याएर गणना गरे पछि हिउँ चितुवाको संख्या पत्ता लगाउने जनाएको छ।