वैशाख २२ काठमाडौं ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यस अघि सरकार बाट सिफारिस भएका ७ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरि सकेका छन्।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएकोमा सोही अध्यादेश मन्त्रिपरिषद बैठकले जस्ताको तस्तै जारी गर्न पुनः सिफारिस गरेको थियो।
अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमत बाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।
Post Views: 1