दक्षिणी लेबननमा शान्ति सैनिक सवार गाडीमा आक्रमण

चैत १७ काठमाडौं।

दक्षिणी लेबननमा शान्ति सैनिक सवार गाडीमा आक्रमण हुँदा २ जना शान्ति सैनिक मारिएका छन्।

लेबननमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका तीन जना शान्ति सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार उक्त विस्फोट कसले गराएको भन्ने चाहिँ नखुलाइएको जनाएको छ।

विस्फोटमा परी २ जना घाइते तीमध्ये एक जनाको अवस्था गम्भीर र अर्का एक जनाको अवस्था मध्यम रहेको जनाएको छ।

मारिएका दुवै शान्ति सैनिक इन्डोनेशिया बाट खटिएका शान्ति सैनिक रहेको उल्लेख गरेको छ। उनीहरू युनिफिलका दुई आधारबीच यात्रा गरिरहेका बेला दक्षिणी सहर बानी हाइयान नजिक विस्फोट भएको उल्लेख गरेको छ।

आइबार अद्चित अल–कुसैर नजिक युनिफिलको एक चौकी आसपास प्रोजेक्टाइल विस्फोट हुँदा ती शान्ति सैनिकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।

यसरी चौबीस घन्टाको अवधीमा लेबननमा संयुक्त राष्ट्रसंघले खटाएका तीन शान्ति सैनिकको मृत्यु भएको जनाएको छ।

युनिफिलकी प्रवक्ता क्यान्डिस आर्डियलले दुवै घटना फरक रहेको र छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जानकारी दिएकी छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *