रबि किरण हमालले माग गरे प्रधानमन्त्री कार्कीको गिरफ्तारी

काठमाडौं, ९ कात्तिक –

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेन्जी आन्दोलन, नेपालका रवि किरण हमालको तर्फबाट नेपाल प्रहरी महानिरीक्षकलाई औपचारिक रुपमा गिरफ्तारीको  निवेदन दर्ता गरेका छन् ।

कार्कीमाथि “सत्ता कु गरेर अवैधानिक रूपमा प्रधानमन्त्री पदमा आसिन भएको” र “जेन्जी विद्रोहका क्रममा युवामाथि भएको हिंसा र बलिदानको अपमान गरेको” आरोप लगाइएको छ ।

आरोपित गर्दै , प्रधानमन्त्री कार्कीले देशका युवाको रगत माथि सत्ता कब्जा गरेर राष्ट्रको गरिमा, गोपनीयता र मर्यादाविपरीत गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गराएको, प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई “भ्रष्टाचार, राष्ट्रविरोधी गतिविधि र बलिदानीहरूको अपमानमा संलग्न भएको” आरोप लगाउँदै तत्काल पक्राउ गरी निष्पक्ष कानुनी छानबिन गरिनु पर्ने माग हमाले राखेका छन् ।

सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको रूपमा रहँदा उनले “पार्टीका कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने, न्यायालयको स्वतन्त्रता कमजोर पार्ने र विभिन्न भ्रष्टाचार प्रकरणहरूमा संलग्न भएको विभिन्न आरोप लगाउदै प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी लेखेको निवेदन पत्र बाहिरिएको छ ।

 

समाचार स्रोत : [email protected]

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *