असोज १० काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङ र युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ।
आज सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री कुलमान घिसिङ र नेपालका लागि यरोपेली संघका राजदूत भेरोनिक लोरेन्जाले बीच भेट भएको हो।
भेटको क्रममा राजदूत भेरोनिक लोरेन्जाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री घिसिङलाई युरोपेली संघकातर्फ बाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छिन्।
भेटमा रणनीतिक महत्त्व तथा रूपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य सहयोग गर्न युरोपेली संघ सँधै तयार रहेको बताएकी छन्।
घिसिङले युरोपेली संघबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिंदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरेका छन्।