इजरायलले गार्ये यमनमा सबैभन्दा ठुलो आक्रमण

असोज १० काठमाडौं ।
इजरायलले यमनमा सबैभन्दा ठुलो आक्रमण गरेको छ।

यमनमा अहिलेसम्मकै ठुलो हवाई आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ।

हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा हवाई आक्रमण गरिएको इजरायलले जनाएको छ।

आक्रमणमा नागरिक र आवासीय भवनहरूलाई लक्षित गरिएको र आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताइएको छ।

दर्जनौँ विमानहरूले राजधानी सानामा रहेको हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य अड्डाहरूमा बमवारि गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ।

इजरायली रेड सी रिसोर्ट इलातमा हुथी ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिन पछि इजरायलद्वारा यमनमा हवाई आक्रमण गरेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *