मेची भन्सार कार्यालयबाट अलैँची निर्यातमा वृद्धि

असोज ९ काठमाडौं ।
मेची भन्सार कार्यालयबाट अलैँची निर्यात वृद्धि भएको छ।

चालु आर्थिक वर्ष २०८२,०८३ को पहिलो दुई महिनामा अलौँची निर्यात वृद्धि ४३.९० प्रतिले भएको मेची भन्सार कार्यालयले जनाएको छ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु. ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको जनाएको हो।

मेची भन्सार कार्यालयको अनुसार आर्थिक वर्ष २०८१,८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको जनाएको छ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *