असोज ७ काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ।
भेटका क्रममा नवनियुक्त मन्त्री कुलमान घिसिङ र बेलायती राजदूत रब फेनबीच मित्रता र सहकार्यका विषयमा वार्ता भएको जनाएको छ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल–बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपाय र आवश्यक सहयोग लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ।
नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गरेको छ । भने नेपालको सफलता आफ्नो देशको सफलता भएको र राजदूत फेनले नेपालमा आर्थिक रुपान्तरणमा समेत सहयोग गर्ने उल्लेख गरेका छन्।