धवलागिरि हिमाल आरोहणका लागि लिए २४ जना पर्यटकले अनुमति

असोज ७ काठमाडौं ।
धवलागिरि हिमाल आरोहणका लागि २४ जना पर्यटकले अनुमति लिएका छन्।

सन् २०२५ को शरद ऋतुमा म्याग्दीको धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका हुन्।

विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि आरोहणबाट पर्यटन विभागले ५० लाख ७१ हजार सलामी दस्तुर प्राप्त गरेको जनाएको छ।

यस वर्ष २४ जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ।

शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशी पर्यटकले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ।

पर्यटन विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *