शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

असोज ६ काठमाडौं ।
शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन्।

नवनियुक्त चार मन्त्रिहरु राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारलाई राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि, जगदिश खरेलले सञ्चार तथा सूचना र मदन परियारले कृषिमन्त्रीको शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थको उपस्थिति रहेको थियो।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित अहिले ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *