असोज २ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सफारी अझै खुल्न सकेको छैन्।
वर्षाका कारण गत असार देखि निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको थियो।
“सडकमा खाल्डाखुल्डी, ठुलो घाँस काट्नुपर्ने धेरै, पुल मर्मत गर्नुपर्ने भएकाले दसैँ र तिहारको बिचमा निकुञ्ज सफारी खोल्ने तयारी रहेको निकुञ्ज कार्यालयले जनाएको छ।”
निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१, ८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेको र त्यसमा १ सय ९९ विदेशी र १ सय ५२ सार्क मुलुकका पर्यटक रहेको जनाएको छ।
शुक्लफाटा निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १ सय ११ प्रजातिका पुतली, ४सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ।
Post Views: 235
