साउन २३ काठमाडौं।
एएफसी यू–२० महिला एसियन कप छनोट खेल नेपालले साउदीसँग खेल्ने भएको छ।
छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियासँग आज दिउँसो १ः४५ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा खेल्ने भएको छ।
यस अघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको छ भने साउदी अरेबियाले उत्तर कोरियासँग १५–० ले हार बेहोरेको छ।
प्रतियोगितामा समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट पाउने प्रावधान रहेको छ।
Post Views: 125