अर्थतन्त्रलाई बलियो बनाउन तीनै तहका सरकार गम्भीर हुनुपर्छः सभामुख घिमिरेले

असार २२ काठमाडौं ।
अर्थतन्त्रलाई बलियो बनाउनका लागि तीनै तहको सारकार गम्भीर भएर लाग्नु पर्न सभामुख देवराज घिमिरेले बताएका छन्।

आज सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्धघाटन गर्दै घिमिरेले अर्थतन्त्रलाई बलियो बनाउन तीनै तहका सरकार लाग्नु पर्ने बताएका हुन्।

सभामुख घिमिरेले ऐन कानुनको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी कामा गर्ने जरुरी रहेको भन्दै वित्तीय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र बेरुजु न्यूनीकरणका उपायहरु माथि छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नु पर्ने बताएका छन्।

सुशासन,सुख, समृद्धि र समानताको बिषय मुलुकको आर्थिक अवस्थाले तय गर्ने भन्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरामा ध्यान दिनुपर्ने बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *