तनहुँको मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने योजना

असार २२ काठमाडौं ।
तनहुँको मानुङकोटलाई पर्यटकीय ग्रामा बनाउने योजना रहेको छ। तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने भएको छ।

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यावस्थित बनाउने उद्देश्यसहित पर्यटकीय ग्राम बनाउन लागेको हो।

मानुङकोट बाट सूर्योदय, कुहिरोको दृश्य अवलोकन गर्न पाँउने भएकाले पर्यटकलाई आकर्षित गर्दछ। त्यसलाई प्रर्वधन गर्नका लागि नगरपालिकाले मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने भएको छ।

मानुङकोटमा सडक कालोपत्र भएसँगै होटल व्यवसाय पनि बढेको छ। भने मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाकाले जानकारी दिएको छ।

मानुङकोट बाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *