असार २१ काठमाडौं
अमेरिकाको टेक्सास सहरमा भीषण बाढी आएको छ। बिबिसीको अनुसार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म २४८ जनाको मृत्यु भएको जनाएको छ।
टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको र बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको जनाएको छ।
सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७.९ मिटर पुगेको थियो। बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको उल्लेख गरेको छ।
टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार कार्य जारी रहने साथै बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन परिचालन गरिने बताएका छ।
Post Views: 28