केरुङ बजारमा नेपाली व्यवसायीको आकर्षक बढ्दो

असार २१ काठमाडौं ।
केरुङ बजारमा नेपाली व्यवसायीको आकर्षक बढ्दो रहेको छ। रसुवागढी नाका हुँदै केरुङ बजारमा नेपाली व्यवसायीको आकर्षण बढेको हो।

काठमाडौँ बाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजारमा नेपाली व्यवसायीको रोजाइमा परको छ।

रसुवागढी नाकामा सीमा परिचयपत्रको सुविधा भए पछि व्यवसायीहरुको आकर्षक बढेको छ। उक्त परिचयपत्रवाहक व्यावसायिले मात्रा कामकाजका क्रममा केरुङ आउजाउ गर्न पाउने व्यवस्था रहेको छ।

अध्यागमन कार्यालय रसुवागढीको अनुसार चालु आर्थिक वर्षमा २४२ रसुवावासीलाई सीमा परिचयपत्र प्रदान गरेको जनाएको छ। केरुङमा नेपाली महिला रोजगारीका लागि गएको, व्यवसायीले होटल तथा पसल खोले पछि नेपालीलाई सहज भएको जनाएको छ।

रसुवागढी अध्यागमन कार्यालय घट्टेखोलाका वरिष्ठ अध्यागमन सहायक मेघराज शर्माका अनुसार कति रसुवावासीसँग यस किसिमको पास भएको भन्ने यकिन तथ्याङ्क नभए पनि अहिलेसम्म करिब ३० हजार रसुवावासीले सीमा परिचयपत्र लिएको अनुमान रहेको बताएका छन्।

रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यवसाय गर्न पाउने सुविधा रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *