असार २० काठमाडौं ।
सौराहामा वर्षायाम सुरु भएसँगै पर्यटकको संख्या घटेको छ। पर्यटकीय नगर सौराहामा वर्षायाम सुरु भएसँगै सुनसान भएको जनाएको छ।
सौराहामा २५ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीका अनुसार वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक पनि कोही नआएको यो पहिलो अनुभव रहेको बताएका छन्।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष भट्टराईका अनुसार अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताएका छन्।
विगतका वर्षहरुमा ३० प्रतिशत हाराहारीमा पर्यटक आउने भए पनि यो वर्ष शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको बताएका छन।
सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ।