मुस्ताङको जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना

असार १९ काठमाडौं ।
मुस्ताङको जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना भएको छ। नेपाल सरकार वातावरण विभागले समुन्द्री सतहको तीन हजारभन्दा माथि उचाइ भएको विश्वका पाँच स्थानम गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको जनाएको छ।

विभागका महानिर्देशक सुवेदीका अनुसार नेपाल सरकार वातावरण विभागले जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको जनाएको हो।

सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको विभागका महानिर्देशकले जानकारी दिएका छन्।

वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अंगसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिने लगायत उद्देश्य राखेर मापन केन्द्र स्थापना गरिएको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *