असार १८ काठमाडौं ।
आज राष्ट्रियसभाको बैठक बस्दै, बैठक बाट बजेट पारित गर्ने कार्यसूचि रहेको छ। बैठक ११ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।
पौडेलले नै प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभा बाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्ने कार्यसूचि रहेको छ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची समेत रहेको छ।