जापानमा हुँने २०औँ एसियाली खेलकुदका लागि खेल दर्ता

असार १७ काठमाडैं ।
जापानमा हुँने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको छ। नेपाल ओलम्पिक कमिटीको अनुसार आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने खेलकुदका लागि ३० खेल दर्ता जनाएको हो।

एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने भएकाले एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *