असार १७ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २८.९१ अंकले वृद्धि भएको छ। परिसूचक वृद्धिसँगै कारोबार रकम पनि ७ अर्ब ३ करोडको कारोबार भएको छ।
अधिकांश सूचकहरू बढ्यो भने लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ। सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत, बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो।
बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घट्यो।
Post Views: 22