असार १५ काठमाडौं ।
गाजामा आउँदो सातादेखि पुनः युद्धविरामको सम्भावना रहेको बताएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविरामको सम्भावना रहेको बताएका हुन्।
पत्रकारहरूको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले अर्को साता युद्धविराम सम्भव हुने बताएका हुन्। इजरायलद्वारा समर्थन प्राप्त सहायता वितरण केन्द्रमा बढ्दो नागरिक मृत्युका घटनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका वेला ट्रम्पले युद्धविरामको सम्भावना रहेको सार्वजनिक गरेका छन्।
दुई महिनाभन्दा बढी समय इजरायली पक्षले गाजामा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति पूर्ण रूपमा बन्द गराएकोमा अहिले केही आपूर्ति अमेरिकी र इजरायली सहयोगमा गाजा मानवीय सहायता कोष (जिएचएफ) मार्फत पुनः सुरु गरेको छ।
Post Views: 25