असार १३ काठमाडौं ।
सुनचाँदी व्यवसायी महासंघ विलासिता करको विरोधमा आन्दोलन थालेका छन्।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले २ प्रतिशत विलासिता करको विरोधमा पुनः सडक आन्दोलन थालेका हुन्।
बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै व्यवसायीहरु बन्द गरेर आन्दोलन सुरु गरेका छन्।
अघिल्लो आन्दोलन पछि सरकारले माग सम्बोधनको आश्वासन दिएपछि आन्दोलन स्थगित भए पनि पुनः माग पुरा नगरे पछि आन्दोलन सुरु भएको जनाएको छ।
विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्कमा अहिलेको बजेट मार्फत जुनसुकै सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्।
Post Views: 24