असार १३ काठमाडौँ ।
आज परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान गरेको छन्। यही ‘जुन २८ देखि जुलाई ४’ सम्म इटालीको रोममा आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन राणा इटाली प्रस्थान गरेकी हुन्।
सो कन्फ्रेन्सको सहभागि भए पछि अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।
सम्मेलनपश्चात् परराष्ट्रमन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुने कार्यसूचि रहेको छ।
Post Views: 35