रास्वपा महामन्त्रीको दावी गर्दै ढकालले दायर गरेको रिटमाथि सुनुवाइको आदेश आउँदै

असार १२ काठमाडौं ।
रास्वपा महामन्त्रीको दावी गर्दै ढकालले दायर गरेको रिटमाथि सुनुवाइको आदेश आउने स्रोतले जनाएको छ।

डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा दावी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सकिएको हो।

ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै आजै सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *