विशेष अदालतले माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

असार ११ काठमाडौँ ।
विशेष अदालतले माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई आज विशेष अदालतको इजलासले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते माधव नेपाल सहित ९३ जनाविरुद्ध मुद्धा दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो।

विशेष अदालतले गरेको म्याद तामेली पछि मधाव नेपाल आज बिहान आफैं अदालतमा उपस्थित भएका थिए। नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *