असार १० काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा राष्ट्रिय उत्कृष्ट कृषकहरु पुरस्कृत भएका छन्। देशभरका १४ जना कृषकहरु राष्ट्रपति पौडेलद्धारा पुरस्कृत भएका हुन्।
आज राष्ट्रपति भवन शितलनिवासमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा आयोजि समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल बाट सात वटै प्रदेशका प्रतिनिधित्व भएका कृषकहरुलाई पुरस्कार द्धारा सम्मान गरेका हुन्।
कृषकहरुलाई जनही दुई लाख रुपैयाँ प्रदान गरेको हुन्। बागमती प्रदेशबाट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र), दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली), गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) रहेका छन्।
त्यस्तै कोशी प्रदेशबाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म), रमेश साह (रमेश कृषि फर्म), मधेस प्रदेशबाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म), हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर), बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य( खाधन्न वाली), सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म) रहेका छन्।
कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती), भरतनाथ योगी(सुन्तला खेती), सुदूरपश्चिम प्रदेश बाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) का कृषकहरु पुरस्कृत भएका छन्।