योजना आयोग उपाध्यक्ष र बेलायती राजदूत रोबबीच भेट

असार ९ काठमाडौं ।
योजना आयोगको उपाध्यक्ष र बेलायती राजदूतबीच भेट भएको छ। राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको हो।

आज भएको भेटमा चालु १६ औं योजनाको विषयमा सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धान क्षेत्रमा छलफल भएको आयोगले जनाएको छ।

योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक (अतिरिक्त लाभ र विरोधाभास) अपनाएर कार्य योजना तयारी अगाडि बढाइएको जानकारी दिएको छ।

राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरेका छन्।

राजदूत फेनले बेलायतको शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *