असार ८ काठमाडौं ।
रामेछाप मन्धली ६ र ७ वडा जोड्ने निर्माणाधीन पक्की पुल भाँचिएको छ। तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको हो।
कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो। भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज बिहान फेरि भाँचिएको हो।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पुलको अनुगमनमा पुगेको बेला एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको जानकारी दिए हुन्।
२०८२ साल भदौ मसान्तसम्म यो पुल निर्माण सम्पन्न गर्ने म्याद छ। डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर रहेको छ।
Post Views: 27