वीरगञ्ज नाकाबाट एक खर्ब बढीको पेट्रोलियम पदार्थ आयात

असार ८ काठमाडौं ।
वीरगञ्ज नाकाबाट एक खर्ब बढीको पेट्रोलियम पदार्थको आयात भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका बाट एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो। गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थ आयात एक अर्ब ६ करोडले घटेको छ।

पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व भने ११.६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको कार्यालयले जनाएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयात बाट भएको बताएका छन्।

कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ। भने ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ।

पेट्रोल आयात बाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। ३३ अर्ब ३५ करोड २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ।

एटिएफ आयातबापत दुई अर्ब ३५ करोड सङ्कलन गर्न सफल भएको छ। ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *