असार ७ काठमाडौं ।
देशभर मनसुनको प्रभाव आंशिक देखि साधारणतया वर्षा हुने छ। देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम विभागले जनाएकाे छ।
महाशाखाकाे अनुसार दिउँसो बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यस्तै देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। भने शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ।
Post Views: 38