रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन कात्तिकको दोस्रो साता हुने

असार ६ काठमाडौँ ।
रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन कात्तिकको दोस्रो साता हुने भएको छ। निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको परामर्श बाट प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त रहेको दुई पदका लागि निर्वाचनका बारे छलफल गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा छलफल भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो।

प्रतिनिधिसभा सदस्य रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको छलफबाट यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *