प्रधानमन्त्री ओलीको उपस्थितिमा ग्वार्को ओभरपासको एसएसपीले गरे उद्घाटन

असार ६ काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ग्वार्को ओभरपासको एसएसपीले उद्घाटन गरेका छन्।

ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले उद्घाटन गरेका हुन्। आज उक्त ओभरपासको उद्घाटन भएको हो।

एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काएका छन्। उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएको छ।

यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *