इसराइलमाथि इरानले गर्यो जबाफी हमला

जेठ ३० काठमाडौं ।
इसराइलमाथि इरानले जबाफी हमला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार इसराइलले ठूलो आक्रमण गरेपछि इरानले पनि जबाफी आक्रमण गरेकोे जनाएका छ।

इसराइल इरानमाथि हमला गरेपछि देशव्यापी आपतकाल घोषणा गरी सम्भावित प्रत्याक्रमणको सामनाका लागि तयार भएर बसेको जनाएको थियो।

इरान सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले एक सयवटा ड्रोन इसराइलमाथि प्रहार भएको बताएका छन्।यद्यपि ती सबै हमलाहरू हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको पनि उनले बताएका छन्।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको जनाएका छन्। उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि बताएका छन्।

इरानमा आक्रमण गर्नु अघि प्रधानमन्त्री नेतन्याहूले आफ्नो मुख्य सहयोगी अमेरिकासँग परामर्श गरेका जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *