जेठ २० काठमाडौं ।
पूर्वी दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको लागि मतदान सुरु भएको छ। कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि आज दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको हो।
राष्ट्रपति चुनावमा दुई उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहेका छन्।
कोरियाली जनता नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ।
कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्र बाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ। मतदान प्रक्रिया बिहान् ६ः०० बजे बाट बेलुका ८ बजे सम्म चल्ने र ६२.१ प्रतिशत मतदान हुने अपेक्षा गरिएको जनाएको छ।
जुन अघिल्लो चुनावको भन्दा बढी हो । महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन।
Post Views: 53