वीरगञ्ज नाकाबाट १० महिनामा ७९ अर्बको सामान निर्यात

जेठ २० काठमाडौं ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा ७९ अर्बको सामान निर्यात भएको छ। निर्यात गरिएको सामनमा भटमासको तेल र सूर्यमुखीको तेल प्रशोधित बढी भएको छ। निर्यात दुवैमा उल्लेखनीय वृद्धि भएको देखिन्छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको १० महिनामा ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको जनाएका छन्।

गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २१०।१६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ।

जबकि गत आवको सोही अवधिमा नौ करोड चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो। त्यस्तै सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

गत आवको १० महिनामा १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *