जेठ १० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय र केन्द्रीय समिति बैठक बस्दै छ। आज दिउँसो तीन बजे स् सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो।
आजको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले निर्णय गरेको छ।
Post Views: 62