जेठ ९ काठमाडौं ।
परराष्ट्रमन्त्री आरजु राणा र जाइका अध्यक्ष तानाका अकिहिबीच भेट भएको छ। काठमाडौंमा परराष्ट्रमन्त्री राणा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सीका अध्यक्ष डा. तानाका अकिहिको बीच भेट भएको हो।
दुई पक्षीय भेटमा नेपाल–जापान सम्बन्ध र विविध विषयमा कुराकानी भएको जनाएको छ। भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेकी छन्।
Post Views: 47