अमेरिका स्थित इसराइली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

जेठ ८ काठमाडौं ।
ओरिका स्थित इसराइली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ। रोयटर्सको अनुसार गोली चलेको उक्त स्थान ह्वाइट हाउस बाट केबल २ किलोमिटरको दूरीमा रहेको जनाएको छ।

वाशिङ्टनको यहुदी संग्रहालय बाहिर स्थानीय समय अनुसार बुधबार राति ९ बजे गोली प्रहार गरी एक युवक र एक युवतीको हत्या भएको हो।

गोली चल्दा संग्रहालयमा दूतावासमा अरू कर्मचारीहरू पनि रहेको र घटना भएको स्थाननजिक संघीय अनुसन्धान ब्युरो ९एफबिआई०को फिल्ड कार्यालय समेत रहेको जनाएको छ।

प्रहरीले गोली प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ। वाशिङ्टनका प्रहरी प्रमुख पमेला स्मिथले ती संदिग्ध व्यक्तिले युवा(युवतीसहित चार जनाको समूहमा गोली चलाएको बताएको छ।

गोली चलाउनुअघि उनी त्यही ठाउँमा डुलिरहेका थिए। पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा अन्दाजी ३० वर्षका ती युवक सिकागोका रहेको पुष्टि भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीलाई कडा सजाय हुने बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *