राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर बिच शिष्टचार भेट

वैशाख १९ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले बिच शिष्टचार भेट भएको छ।

आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताएका छन्।

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको र अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *