वैशाख १९ काठमाडौं ।
बेलायतका लागि नियुक्त भएका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
बकिङ्घम राजप्रासादमा आयोजित विशेष समारोहमा घिमिरेले चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
शिष्टाचार भेटमा राजा चाल्र्स तृतीयले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्नुका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको बताएका थिए।
बेलायती राजाले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको राजदूतावासले जनाएको छ।
Post Views: 78